करेन्ट लागेर बालिकाको मृत्यु

डिसी नेपाल
११ वैशाख २०७८ २०:२६
52
Shares

दमक । विद्युतीय करेन्ट लागेर झापाको दमकमा आज एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दमक नगरपालिका–२ त्रिवेणीटोलकी १५ वर्षीया सविना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

शुक्रबार दिउँँसो ३ बजेतिर आफ्नै घरको चपाकलमा जडान गरिएको मोटरबाट अचानक विद्युतीय करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको आज एड्भान्स अस्पताल दमकमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *