प्रक्षेपणः तीन महिनामा २ लाख संक्रमित हुन्छन्, दैनिक १५० को मृत्यु
काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोनाको दोस्रो लहरले हाहाकार मच्चाएको केही दिनपछि नेपालमा पनि कोरोनाले हाहाकार मच्चाउ थालेको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजारको परीक्षण गर्दा ३ हजारभन्दा धेरै संक्रमित भएको जनाएको छ। एक हप्तामा १० हजार संक्रमित थपिएका छन्।
उता जानकारहरुले भने अहिलेकै अवस्था रहे आगामी तीन महिनामा २ लाख मानिसहरु संक्रमित हुने बताएका छन्। सरुवा रोग विशेषज्ञ डाक्टर विराज कर्मचार्यले अमेरिकी इन्स्टिट्युट अफ मेट्रिक्सन इभालुएसनले गरेको प्रक्षेपणअनुसार नेपालमा अहिलेकै अवस्था रहे आगामी तीन महिनामा २ लाख र अवस्था थप जटिल बने त्यो संख्या बढ्ने बताए। उनका अनुसार अहिलेकै अवस्था अनुसार दैनिक १५० जनाको मृत्यु हुने प्रक्षेपणसमेत गरिएको बताए।
हाल नेपालमा संक्रमण दर ३० प्रतिशतभन्दा माथि रहेको उनले बताए। उनले भारतमा र नेपालमा संक्रमण दर एउटै प्रकारको रहेको बताए। उनले भारतमा अहिले बेड र अक्सिजनको अभावले पनि मृत्यु दर बढिरहेको भन्दै नेपालमा पनि त्यस्तै अवस्था आउन सक्ने चेतावनी दिए। उनले हाल नेपाल र भारत को सीमा क्षेत्रका नेपाली सहरहरुमा बेड र अक्सिजनको कमी भइरहेको बताए। उनले पछिल्लाे हप्तामा २४१ प्रतिशतले संक्रमणा बढिरहेकाे बताए।







डिसी नेपाल








Facebook Comment