नुवाकोटको देवीघाटमा नेपाली सेनाले जोड्यो ‘एक्रो ब्रिज’, पर्सिदेखि सवारी सञ्चालन हुने

डिसी नेपाल
२५ भदौ २०८३ ७:०९

काठमाडौं।  नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले निर्माण सुरु गरेको ‘एक्रो ब्रिज’ (अस्थायी पुल) ५ दिनमै जडान सम्पन्न गरेको छ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। सेनाको टोलीले निरन्तर खटिएर छोटो समयमै पुल जडानको कार्य पूरा गरेको हो।

नयाँ पुल निर्माण भएसँगै भोलिदेखि पैदल यात्रीका लागि आवतजावत खुला गरिने भएको छ भने पर्सिदेखि सवारी साधनहरूसमेत सञ्चालनमा आउनेछन्। सेनाले तदारुकताका साथ पुल तयार गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई ठूलो राहत मिलेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *