प्रभु बैंकको खुद नफामा सुधार

डिसी नेपाल
१३ वैशाख २०७८ ११:१४
44
Shares

काठमाडौं। प्रभु बैंकले ९ महिनामा ४४ दशमलव ०८ प्रतिशतले खुद नाफा बढाएको छ। बैंकले गत आर्थिक वर्षको पुस मसान्तमा १ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसपछिको तेसे त्रैमासिकमा ६४ करोड ५४ लाख थप गरी २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न बैंक सफल भएको हो।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्दै सो अवधिमा १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको उल्लेख गरेको छ ।

यसैगरी बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ २७ दशमलव २२ प्रतिशतले र कर्जा प्रवाहतर्फ ३५ दशमलव १२ प्रतिशतले वृद्धि गरेको छ।

यस्तै बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.