एमालेका ४ जना कर्णाली प्रदेशसभा सदस्यहरु पदमुक्त

डिसी नेपाल
१३ वैशाख २०७८ १६:३६

काठमाडौं। एमालेका विजयी भएका कर्णाली प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरु पदमुक्त भएका छन्। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा पार्टीको ह्वीपविपरित पक्षमा मतदान गर्ने ४ जना एमालेको कारबाहीमा पदमुक्त भएका हुन्।

यसरी पदमुक्त हुनेहरुमा दैलेख क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित अम्मरबहादुर थापा, सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा छन्।

यी चार जनामध्ये ३ जना कर्णाली सरकारका मन्त्रीसमेत हुन्। उनीहरुको प्रदेशसभा सदस्यको पद गएसँगै मन्त्रीबाट स्वतः मुक्त भएका छन्। थापा, शाही र बुढा मन्त्रीबाटसमेत पदमुक्त भएका हुन्। ४० सदस्यीय प्रदेशसभा अब ३५ सदस्यीय कायम भएको छ। यसअघि माओवादीबाट निर्वाचित दैलेख क्षेत्र नम्बर १ (क)का धर्मराज रेग्मीको पद पनि खारेज भएको थियो।

एमालेले ४ जनालाई खारेज गरेसँगै शाही सरकारलाई थप सहज भएको छ। सभामा माओवादी केन्द्रका १२ जना र सरकारलाई समर्थन गरेको काँग्रेसका ६ जना प्रदेशसभा सदस्य छन्। बहुमतका लागि १८ जना सांसद आवश्यक पर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *