स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन मन्त्रालयकाे निर्देशन, आलोपालो प्रणाली लागु गर्ने

डिसी नेपाल
१४ वैशाख २०७८ १८:००
144
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो विदा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तुरून्त कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशका सबै अस्पतालहरूलाई मंगलबार लामो बिदा नदिन र बिदामा बसेकाहरुलाई पनि बोलाउन पत्राचार गरेको छ।

कोरोनाभाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै अस्पतालमा सेवा लिन आउने संक्रमितहरूको व्यवस्थापनका लागि मंगलबार बसेको मन्त्रालयका निमित्त सचिवको बैठकलेसो निर्णय गरिएको केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले कार्यरत जनशक्तिमध्ये ५० प्रतिशतको पालो निर्धारण गरी सेवा दिन, दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न, थप जनशक्ति चाहिए ६ महिनाका लागि करारमा लिन पनि अस्पतालहरुलाई निर्देशन दिएको छ ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *