बालुवाटार बैठकमा सहभागी नेता संक्रमित भएपछि प्रधानमन्त्री ओली पनि कन्ट्याक्ट ट्रेसिङमा

डिसी नेपाल
१४ वैशाख २०७८ १८:४७
1.3k
Shares

काठमाडौं। गत आइतबार प्रधानमन्त्री निवास बालुवाटार बसेको एमाले महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी दुईजना नेताहरु कोरोना संक्रमित भएपछि सो बैठकमा सहभागी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

मंगलबार आएको पीसीआर परीक्षण रिपोर्टमा ऊर्जामन्त्री तथा एमाले स्थायी कमिटी सदस्य टोबहादुर रायमाझी र केन्द्रीय सदस्य विष्णु रिजालमा कोरोना पुष्टि भएसँगै सो बैठकमा सहभागीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

सो बैठकमा एकसयभन्दा धेरै एमाले नेताहरु सहभागी थिए। सो बैठकअघि संक्रमित पुष्टि भएका नेता रिजाललले प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापालगायत ५ जनाको बिचमा बसेर विना मास्क खिचेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

सरकारले नयाँ स्वास्थ्य मापदण्ड लागु गर्दै २५ जनाभन्दा धेरै भिडभाड नगर्न भने पनि बालुवाटारमा भने सो मापदण्डको उल्लघन गर्दै बैठक भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.