निषेधाज्ञामा साझा बस चल्ने

डिसी नेपाल
१५ वैशाख २०७८ १४:५१
764
Shares

काठमाडौं। काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरुले उपत्यकामा यही १६ गतेदेखि निषेधाज्ञा जारी गरे पनि आन्तरिक हवाई उडान भने सुचारु हुने जनाएको छ।

सोही कुरालाई मध्यनजर गर्दै एक सूचनामार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुहरुको आवागमनलाई सघाउ पुर्याउन साझा यातायातका बसहरु परिचालन गरिने जनाएको हो।

सूचनामा भनिएको छ, ‘आन्तरिक हवाई यात्रुहरुलाई हवाई टिकट र परिचय पत्रको आधारमा विमानस्थल जान/आउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सहजिकरणको व्यवस्था मिलाइने छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.