सिंहदरबारमा आगो लगाउनेहरु सत्तामा बसेका छन् : दुर्गा प्रसाईं

डिसी नेपाल
२२ असार २०८३ २०:२१

जनकपुर। नागरिक बचाउ अभियानका संयोजक एवम मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको १०० दिनको समिक्षा अहिले गर्ने समय नआएको बताएका छन्।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रसाईंले सरकारको १०० दिनको काम बारे अहिले केही नभन्ने बताए। उनले अबको १० दिनपछि भिडियो सार्वजनिक गर्ने र सो भिडियोमार्फत विशेष खुलासा गर्ने जानकारी दिए। उनले सिंहदरबारमा आगो लगाउनेहरु आज सत्तामा पुगेको उल्लेख गरे। उनले सत्तामा पुगेकाहरुले सिस्टमनै बिगारेर राखेको आरोप लगाएका छन्।

प्रसाईले आफूलाई बिना आरोप पक्राउ गर्ने गरिएतापनि अदालतले सगरमाथा झै ठडिएर आफूप्रति न्याय गर्ने गरेको बताए।

त्यस्तै उनले नेपालीलाई अब पुरानो बुटिक नेपाल चाहिएको बताए। उनले धर्म, संस्कृति, मिथिला र राजासहितको नेपाल आजको नेपालीले चाहेको धारणा राखे। उनले सुकुम्बासीहरुको उठिबास लगाउने सरकारको नीतिको विरोध गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *