कोरोनाविरुद्धको चिनियाँ खोप अभियान स्थगित
काठमाडौं। सरकारले चीनबाट प्राप्त कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान स्थगित गरेको छ। बिहीबारदेखि लागु हुनेगरी चिनियाँ खोप भेरोसेल लगाउने कार्य अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
पहिलो डोज प्राप्त गरेकाहरूले दोस्रो डोज नपाउने संशयकाबीच सरकारले चिनियाँ खोप अभियान स्थगन गरेको हो।
चीनबाट अनुदानमा प्राप्त ८ लाख डोज खोप २५ चैतदेखि लगाउन शुरु गरिएको थियो। यो खोप ४० देखि ५९ वर्ष उमेर समूह, चीनमा अध्ययनरत विद्यार्थी, चीनमा पढ्न जान लागेका विद्यार्थी, हिमालय पार व्यापारमा संलग्न व्यापारी लगायतलाई दिइएको थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment