सुन तोलामा ९ सय घट्यो
काठमाडौं। शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ। कोभिडको दोस्रो लहरका कारण अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटको असर नेपाली बजारमा पर्दा सुनको मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबारका लागि छापावाल सुनको प्रतितोला भाउ ८९ हजार ९ सय रुपैयाँ कायम छ। यसअघि बिहीबार छापावल सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको आजको खरिद बिक्री मूल्य १ हजार २ सय ९५ रुपैयाँ प्रतितोला तोकिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment