यस्ता छन् सीसीएमसीका निर्णयहरु

डिसी नेपाल
१८ वैशाख २०७८ १९:११
396
Shares

काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना बढेपछि सरकारले लिनुपर्ने नीतिबारे सरकारलाई विभिन्न सिफारिस गरेको छ। शुक्रबार बसेको सीसीएमसीको बैठकका निर्णयहरु शनिबार सार्वजनिक गरिएको हो।

सीसीएमसीले क्वारेन्टिनदेखि सवारी साधान सञ्चालका विषयमा सरकारलाई दर्जन बढी सिफारिस गरेको छ। सीसीएमसीले होटल क्वारेन्टिनमा नबस्ने विदेशीलाई डिपोर्ट गर्ने र नेपाली नागरिकलाई कारबाही गर्नेसम्मको सिफारिस गरेको छ।

सीसीएमसीले गरेका सिफारिसहरु मन्त्रिपरिषद बैठकले स्वृकत गरेपछि कार्यान्वयनमा आउँछन्। शुक्रबार र शनिबार मन्त्रिपरिषद बैठक बसेको छैन।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने गरेको भए पनि आवश्यकता अनुसार मन्त्रिपरिषदको बैठक जतिबेला पनि बस्न सक्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *