पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३५ सय बढीमा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
काठमाडौं जिल्लामा २ हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा गरी ३ हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
आइतबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् । १६ हजार १४७ जनाको पीसीआर परिक्षण गर्दा ७ हजार १३७ जनामा र ६२३ जनाको एन्टीजेन परिक्षण गर्दा ७४ जनामा गरी ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप २७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना निको भएका छन् ।
हालसम्म कोरोनाको कारण ३ हजार ३२५ जनाको मृत्यु भएको छ ।







डिसी नेपाल








Facebook Comment