पर्यटनमन्त्री ढकाललाई कोरोना संक्रमण
काठमाडौं । पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालले ट्विटरमार्फत आफू र पत्नी इन्दिरा फुयाँललाई नै कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् ।
नतिजा पजेटिभ देखिएपनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले जनाएका छन् । अहिले निवासमै आराम गरिरहेको उनले जनाएका छन् ।
यसअघि खानेपानीमन्त्री मणी थापा र ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ। धन्यवाद।
— Bhanu Bhakta Dhakal (@dhbhanu) May 2, 2021







डिसी नेपाल








Facebook Comment