पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित चार आरोहीको शव आधार शिविर ल्याइयो

डिसी नेपाल
२० साउन २०८३ १७:११

काठमाडौं। पाकिस्तानस्थित ब्रोड पिक (Broad Peak) हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका चर्चित कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार जना आरोहीको शव आधार शिविर  ल्याइएको छ।

प्रतिनिधिसभा सदस्य मिङ्माडेभिड शेर्पाका अनुसार उद्धार टोलीले निर्मल पुर्जा, जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव सङ्कलन गरी सफलतापूर्वक आधार शिविरसम्म पुर्‍याएको हो।

उक्त जटिल एवं जोखिमपूर्ण उद्धार कार्यको नेतृत्व वरिष्ठ आरोही मिङ्‌मा जी (मिङ्मा ग्याल्जे शेर्पा) ले गर्नुभएको थियो। सांसद शेर्पाले अत्यन्तै कठिन परिस्थितिमा पनि साहसका साथ उद्धार कार्यमा खटिने सम्पूर्ण टोलीप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। हिमपहिरोमा परेका अन्य तीन जना आरोहीको भने अझै अत्तोपत्तो हुन सकेको छैन र उनीहरूको खोजी कार्य जारी छ।

गत शुक्रबार पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा अचानक आएको भीषण हिमपहिरोमा पर्दा ६ नेपाली र ४ विदेशी गरी १० जना आरोहीको दु:खद निधन भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *