वीर अस्पतालको नयाँ भवनलाई ५ सय बेडको कोरोना अस्पताल बनाउने सरकारकाे तयारी
काठमाडौं । सरकारले काठमाडौंको वीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शय्याको कोरोना बिशेष अस्पताल बनाउने तयारी गरेकाे छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वीर अस्पतालमा नवनिर्मित भवनलाई कोरोना बिशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग वीर अस्पतालको नवनिर्मित भवनलाई कोरोनाका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका हुन् ।
काठमाडौं उपत्यकामा कोरोनाका बिरामीहरु बढिरहेकाले अस्पतालमा बेडको अभाव भएको गुनासो आएपछि सीसीएमसीले बिभिन्न विकल्पको खोजी गरिरहेको छ । उपप्रधानमन्त्री पोखरेलले आइतबारै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोनाका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी लिएका थिए । उनले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन समेत दिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।







डिसी नेपाल








Facebook Comment