एमालेका तीन सांसदलाई स्पष्टीकरण, खातुन भन्छिन्–हाम्रो नेता केपी ओली
काठमाडौ। नेकपा एमालेले तीन जना समानुपातिक सांसदलाई स्पष्टीकरण सोधेको छ। पार्टी अध्यक्ष एव संसदीय दलका नेता केपी शर्मा ओलीका तर्फबाट कार्यलय सचिव शेरबहादुर तामाङले तीन जना सांसदलाई स्पष्टीकरण सोधेका हुन्।
तामाङले फेसबुकको म्यासेन्जरमार्फत समानुपातिक सांसद कलिला खातुन, गंगा चौधरी र समिना हुसेनलाई स्पष्टीकरण सोधेका हुन्।
स्पष्टीकरण पत्रमा ‘तपाईँहरुको गतिविधि नयाँ पार्टी खोल्न खोजे जस्तो देखियो, तपाइँहरुालई कारवाही किन नगर्ने?’ भनेर सोधिएको छ।
तामाङले तीनै जना सांसदलाई गत बिहीबार फेसबुक म्यासेन्जरमार्फत स्पष्टीकरण सोधेको सांसद कलिला खातुनले जानकारी दिइन्। उनीहरु तीनै जनाले आइतबार म्यासेन्जरमार्फत नै स्पष्टीकरणको जवाफ दिइसकेका छन्।
सांसद कलिला खातुनले आफूहरुले पार्टी विरोधी कुनै गतिविधि नगरेको र आफूहरुको नेता केपी ओली नै भएको बताइन्। ‘प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनमा हामी लागेकै हो,’ उनले डिसी नेपालसँग भनिन्, ‘तर त्यसपछि भने हामीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली विरुद्ध कुनै पनि गतिविधि गरेका छैनौ। अहिले पनि हाम्रो नेता ओली नै हुनुहुन्छ। एमालेबाट प्रधानमन्त्री बन्नु भएको हो। नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनु भएको हो। हामीले अहिले स्पष्टीकरणको जवाफ पद जोखाउन दिएको होइन।’
उनले वैशाख २७ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिनेसमेत बताइन्।







डिसी नेपाल








Facebook Comment