मेडिकल बाहेक अन्य क्षेत्रमा अक्सिजन प्रयोग गर्न रोक
काठमाडौं। सरकारले अक्सिजनको मेडिकल उपयोगबाहेक अन्य प्रयोगमा रोक लगाएको छ। सरकारले औद्योगिक क्षेत्रमा अक्सिजनको प्रयोगलाई रोक लगाएको हो। कोरोना महामारीको बढ्रदो प्रकोपसँगै अस्पतालमाहरुमा अक्सिजनको अभाव हुन थालेपछि अक्सिजनलाई मेडिकल उपयोगमा मात्र प्रयोग गर्ने निर्णय लिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै अक्सिजन आपूर्तिलाई सहज बनाउन हाललाई मेडिकलबाहेकका क्षेत्रमा अक्सिजनको उपयोगलाई रोकिएको बताएका छन्।
देशका विभिन्न अस्पतालहरुमा अक्सिजनको अभाव भएका समाचारहर आइरहेका बेला सरकारले यस्तो निर्णय लिएको हो। छिमेकी मुलुक भारतमा अक्सिजन अभावका कारण अस्पतालमा भर्ना भएका विरामीहरुको मृत्यु भएपछि नेपालमा पनि अक्सिजनको अभाव हुने चिन्ता बढेको छ। यसरी चिन्ता बढेपछि मानिसहरुले घरमा अक्सिजन सिलिन्डर होल्ड गर्दै आएका छन्।
अक्सिजन उत्पादकहरुले अक्सिजनको कमी नहुने भए पनि सिलिन्डर घरमा होल्ड हुँदा समस्या उत्पन्न भएको बताएका छन्। आइतबार दाङको बेलझुण्डी अस्पताल र सुर्खेतको प्रदेश अस्पतालमा अक्सिजन नहुँदा विरामीको मृत्यु भएको समाचारहरु आएका थिए।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ‘ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिनेछ। सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइनेछ। लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिनेछ। लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने छ। देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको छ।’







डिसी नेपाल








Facebook Comment