राष्ट्रिय यूवा संघले पैदल यात्रीलाई वितरण गर्यो मास्क
काठमाडौं। राष्ट्रिय यूवा संघ नेपालका उपाध्यक्ष पुष्प श्रेष्ठले काठमाडौंका विभिन्न स्थानमा पैदल हिँडेलाई मास्क र स्यानिटाइजर वितरण गरेका छन्। श्रेष्ठको संयोजकत्वमा काठमाडौंको कोटेश्वरमा पैदल हिड्ने पैदल यात्राीहरुका लागि मास्क स्यानिटाइजर लगायतका सामाग्री बितरण गरिएको हो।
माहानगरिय प्रहरी प्रभाग कोटेश्वरका लागि पनि २ ग्यालिल स्यानिटाइजर, मास्क र पानी हस्तान्तरण गरेको छ। राष्ट्रिय यूवा संघ नेपालले राजाधानीको नयाँ बसपार्क, कलंकी, बल्खु, वीर अस्पातल, कोटेश्वर, बानेश्वरलागयतका ठाउँमा डेस्क राखेर स्वास्थ्य सामाग्रीहरु वितरण गरिरहेको छ।
देशमा कोरोना संक्रमण बढेपछि काठमाडौंलगायतका विभिन्न सहरमा निशेधाज्ञा जारी गरिएको छ। दलहरुले आफ्ना कार्यकर्ताहरुलाई स्वयसेवकका रुपमा परिचालन गरेका छन्। एमाले निकट राष्ट्रिय युवा संघले पार्टीको निर्देशनअनुसार स्वयमसेवकका रुपमा काम शुरु गरेको हो।







No ads found for this position


डिसी नेपाल
Facebook Comment