सरकारद्वारा एकै पटक ७ वटा अध्यादेश जारी

डिसी नेपाल
२१ वैशाख २०७८ १६:३२
4.0k
Shares

काठमाडौं। सरकारले मंगलबार एकै पटक ७ वटा अध्यादेश जारी गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपरान्ह अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार मंगलबार जारी भएका अध्यादेश यसप्रकार छन्ः

१ यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८

२ फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८

३ औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८

४ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८

५ सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८

६ नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८

७ तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८

यी अध्यादेशहरु यसअघि पनि विभिन्न समयमा जारी गरिएका थिए। तर, त्यसपछि बसेको संसदको अधिवेशनमा संवैधानिक परिषद सम्बन्धी अध्यादेशबाहेक अन्य अध्यादेश टेबुल हुन सकेका थिएनन्। संसदमा टेबुल हुन नसकेपछि निष्क्रिय बनेका अध्यादेशलाई सरकारले फेरि ल्याएको हो। सोमबार बसेको मन्त्रिपरिषदले अध्यादेश जारीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *