पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पतालबाट डिस्चार्ज

डिसी नेपाल
१३ साउन २०८३ १३:४७

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनी काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना भएका थिए।

अस्पतालमा आवश्यक उपचारपछि आफू घर फर्किएको जानकारी डा. भट्टराई स्वयंले दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, “म उपचार गरेर फर्केको छु। उपचारमा संलग्न र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा हार्दिक आभार!”

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको भित्री कानमा हुने एक सामान्य तर असहज समस्या ‘बेनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगो’ को लक्षण देखिएको थियो। उनका अन्य सबै स्वास्थ्य परीक्षणका रिपोर्टहरू भने सामान्य रहेको सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *