राष्ट्रपतिबाट फेरि अर्को अध्यादेश जारी
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि अर्को अध्यादेश जारी गरेकी छिन्। सात वटा अध्यादेश जारी गरेको एक दिन नबित्दै भण्डारीले अर्को अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले बुधबार रेल्वे अध्यादेश जारी गरेकी छिन्।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यसअघि मंगलबार मात्रै राष्ट्रपति भण्डारीले ७ जटा अध्यादेश जारी गरेकी थिइन्। यस्तै राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधनसहितका ७ अध्यादेश जारी गरेकी थिइन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment