पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ३ हजार ८२५ जनामा कोरोना, कुन जिल्लामा कति ?

डिसी नेपाल
२२ वैशाख २०७८ १७:१०
248
Shares

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३ हजार ८२५जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जनागरी ३ हजार ८२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा झापामा २६९, मोरङमा २०६, सुनसरीमा १०७, धनुषामा १४७, पर्सामा १५२, नुवाकोटमा ११२, चितवनमा २१३, मकवानपुरमा १०५, कास्कीमा २८४, दाङमा २६३, बाँकेमा ५९१, पाल्पामा ११५, रुपन्देहीमा ६८०, सुर्खेतमा १५४, कञ्चनपुरमा १४० र कैलालीमा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार नेपालमा हालसम्मकै उच्च बिन्दुमा कोरोना भाइसरसका बिरामी थपिएका छन् भने मृत्युको पनि नयाँ रेकर्ड कायम भएको छ। २० हजार ७५६ जनाको पीसीआर परिक्षण गर्दा ८ हजार ६०५ जनामा र ६१६ जनाको एन्टीजेन परिक्षण गर्दा ५४ जनामा गरी ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण थप ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको छ । संक्रमितमध्ये संस्थागत आइसोलेसनमा ४ हजार ७६४ र होम आइसोलेसनमा ६१ हजार बढी रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना निको भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.