मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना

डिसी नेपाल
२२ वैशाख २०७८ १९:३५
1.0k
Shares

काठमाडौं। कोरोनाको उपचार गराएर केही दिनअघि अस्पतालबाट डिस्चार्ज भएका कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन्। अक्सिजन लेभल घटेपछि बुधबार उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनको पारिवारिक श्रोतले जनाएको छ।

कोरोना संक्रमण भएपछि १० वैशाखमा उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि १७ वैशाखमा अस्पतालबाट उनी घर फर्किएका थिए। घर फर्किएको दिन डिसी नेपालसँग कुरा गर्दै श्रेष्ठले यसपालीको कोरोना निकै अप्ठ्यारो रहेको भन्दै सचेत हुन आग्रह गरेका थिए। त्यतिबेला निकै भावुक बनेका उनले सबै मिलेर कोरोनाविरुद्धको लडाइँ लड्नुपर्ने बताएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *