अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता सार्वजनिक ठाउँलाई नियमित निसंक्रमण गर्दै महानगर

डिसी नेपाल
२३ वैशाख २०७८ ११:२३
252
Shares

काठमाडौँ। काठमाडौँ महानगरले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ, एम्बुलेन्सजस्ता सवारी साधनको नियमित निसंक्रमण गरिरहेको छ। यसका लागि ठूला जेट मेसिनको प्रयोग हुने गरेको छ।

‘संक्रमण बढ्दो अवस्थामा छ। यसबेला सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु नै महामारी नियन्त्रणको भरपर्दो माध्यम हो,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘बन्दाबन्दी भए पनि कतिपय मानिसहरु अत्यावश्यक कामले बाहिर निस्किनु पर्ने हुन्छ। यसरी मानिसहरु आवतजावत हुने ठाउँ, सुरक्षा जाँच गर्ने ठाउँ र अस्पताल परिसरलाई केन्द्रीत गरेर निसंक्रमणको काम गरिरहेका छौँ।’

महानगरले गएको वर्ष बन्दाबन्दीमा पनि सार्वजनिक ठाउँमा निसंक्रमण गरेको थियो। यस बर्ष निसंक्रमणको कामलाई महामारी नियन्त्रणमा नआउञ्जेल जारी राख्ने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.