राष्ट्रियसभा निर्वाचन जीत सुनिश्चित हुने गरी छलफल गर्ने एमाले स्थायी कमिटीकाे निर्णय
काठमाडाै। नेकपा (एमाले)ले राष्ट्रियसभाका निर्वाचनमा पार्टीका उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि तथा मतदातासंँग छलफल गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको स्थायी कमिटी बैठकमा वाग्मती प्रदेश राष्ट्रियसभा निर्वाचनमा दलका तर्फबाट उम्मेदवारको जीत सुनिश्चित हुने गरी छलफल भएको छ।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले निर्वाचनको तयारीका सम्बन्धमा स्थायी कमिटी सदस्यले विभिन्न सुझाव दिएको र उम्मेदवारका बारेमा छिट्टै निर्णय गरिने जानकारी दिए।
आगामी जेठ ६ गते राष्ट्रियसभाको निर्वाचन(वाग्मती प्रदेश) हुँदै छ। सो प्रदेशका लागि दलले यसअघि रामबहादुर थापाको उम्मेदवारी घोषणा गरिसकेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment