स्वास्थ्य मन्त्रालयले भन्योः चिकित्सकको सिफारिसमा मात्र औषधि प्रयोग गर्नुहोस्

डिसी नेपाल
२३ वैशाख २०७८ १८:२४
48
Shares

काठमाडौं। कोरोना महामारीका क्रममा संक्रमितहरुले जथाभावी औषधि प्रयोग गर्न नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चेतावनी दिएको छ। मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै चिकित्सकको सिफारिस बमोजिममात्र औषधि प्रयोग गर्न भनेको छ।

सामाजिक सञ्जाललगायतका प्लेटफर्ममा कोरोनाका जथाभावी औषधि र घरेलु उपायबारे भ्रम पारिएको भन्दै मन्त्रालयले त्यस्ता भ्रममा नपर्न सचेत गराएको छ। मन्त्रालयले विरामीलाई एक अस्पतालबाट अर्को अस्पतालमासमेत नलैजान आग्रह गरेको छ।

महामारीको समयमा सबैतर्फबट सहयोग हुनुपर्ने भन्दै मन्त्रालयले कोरोना महामारीविरुद्धको लडाइँमा सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अपीलसमेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *