राष्ट्रियसभा उपनिर्वाचन : बादललाई उम्मेद्वार बनाउने एमालेको निर्णय

डिसी नेपाल
२४ वैशाख २०७८ १२:११

काठमाडौं। नेकपा एमालेले गृहमन्त्रीसमेत रहेका स्थायी कमिटी रामबहादुर थापा बादललाई राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेद्वार बनाउने निर्णय गरेको छ।

एमालेको निर्णयसँगै उम्मेद्वारी दर्ता गराउनका लागि बादल बालुवाटारबाट सिम्रिक एयरको हेलिकोप्टरमा हेटौंडा गएको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।

एमाले स्थायी कमिटीको अनौपचारिक बैठक शुक्रबार बिहान बालुवाटारमा बसेको थियो। बैठकले बादललाई नै आउँदो जेठ ६ गतेको राष्ट्रियसभा उपनिर्वाचनमा उमेदवार बनाउने निर्णय गरेको नेम्वाङले बताए।

विपक्षी गठबन्धनले बागमती प्रदेशका योजना आयोगका उपाध्यक्ष रहिसकेका डा. खिमलाल देवकोटालाई उम्मेद्वार बनाउने निर्णय गरिसकेका छन्। देवकोटा माधव नेपाल निकट हुन्। उनी राजनीतिज्ञ भन्दा योजनाविज्ञ हुन्।

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *