खोपको कमिसन प्रकरणमा स्वास्थ्य मन्त्रालयले दियो प्रष्टीकरण
काठमाडौं। भारतमा नेपालले किनर ल्याउने भनिएको कोरोनाविरुद्धको खोप स्थानीय एजेन्टका कारण रोकिएको भन्ने समाचारहरु बाहिरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रष्टीकरण दिएको छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्रेस विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएका हुन्।
उनका अनुसार खोप उपलब्ध नहुनुमा कमिसनको कुनै खेल भएको छैन। खोप उत्पादन गर्ने कम्पनी सिरम इन्स्टिट्युटमा आगलागी भएको र भारतमा कोरोना महामारीको दोस्रो लहर चमरविन्दुमा पुगेकाले सम्झौता भए पनि कम्पनीले खोप उपलब्ध नगारएको मन्त्रालयले दावी गरेको छ।
साथै मन्त्रालयले अब छिटै खोप भित्रिनेसमेत दावी गरेको छ। स्मरण रहोस सिरम इन्स्टिट्युटमा आगलागीपछि सो कम्पनीले विज्ञप्ति जारी गर्दै खोप उत्पादनमा कुनै समस्या नहुने जनाएको थियो। तर, अहिले भने सोही आगलागीलाई बाहाना बनाइएको छ।








डिसी नेपाल








Facebook Comment