संसद सचिवालयमा गरिएको स्वाब परीक्षणमा सांसदसहित ६५ जनामा कोरोना संक्रमण
काठमाडौं । संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणमा सांसदसहित ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बैशाख २२, २३ र २४ गते गरी १ हजार २३४ जनाको स्वाब संकलन गरिएकोमा ६१३ जनाको रिपोर्ट आउँदा १४ जना सांसदसहित संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मी गरी ६५ जनामा संक्रमण पुष्टि भएको संसद सचिवालयका एक उच्च अधिकारीले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्रीले विश्वासको मत लिन वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान भएपछि बैशाख २२ गते ६०९ जना, २३ गते ५२५ जना र २४ गते करिब १०० जनाको संसद भवन नयाँ वानेश्वरमा स्वाब संकलन गरिएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment