स्वयम्भू क्षेत्रका बाँदर र कुकुरलाई खानेकुराको ओइरो

फुर्पा शेर्पा
२५ वैशाख २०७८ १०:०७

काठमाडौं। विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो लहरको संक्रमण तिब्र गतिमा बढिरहेको छ। यसलाई मध्यनजर गर्दै संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ।

कोरोना माहामारी बढेसँगै सरकारले जारी गरेको निषधाज्ञाले सबै व्यापार व्यवसायहरु ठप्प छन्। कारोना संक्रमितको संख्या बढेसँगै निषेधाज्ञा पनि बढ्ने निश्चित छ। र, विस्तारै मानवीय जिवनमा गाँसको समस्या नहोला भन्न सकिन्न।

तर, यस्तो अवस्थामा स्वयम्भूनाथ क्षेत्रमा रहेका बादर र कुकुरहरुलाई दिनकै खाना खुवाउन विभिन्न ठाउँबाट मानिसहरुको आइरो लाग्ने गर्छ। दिनकै विभिन्न स्थानका मानिसहरु स्वयम्भूनाथ क्षेत्रमा रहेका करिब दुई हजार बादर र ८० कुकुरहरुलाई खाना खुवाउन आउन गरेका छन्।

स्वयम्भू संरक्षण समितिमा आवद्ध एक कर्मचारीका अनुसार निषधाज्ञामा स्वयम्भूमा रहेका कुकुर र बादरलाई खाना खुवाउन विभिन्न ठाउँबाट मानिसहरु आउने गरेकाले निषेधाज्ञामा पनि त्यहाँका कुकुर र बादरहरु खान पाएर मोटाएका छन्।

पछिल्लो समय हिड्नसमेत कडाइ गरेकोमा चिन्ता गर्दै स्वयम्भु संरक्षण समिति काउन्टरका सुनिल कुमार थापाले भने, ‘हामी दिनहुँ खाना बोकेर यी जनवारलाई सकेको खुवाउँदै आएका छाैं। तर, अब हिँडडुलमा निकै कडा गरेकाले यिनीहरुलाई खुवाउन समस्या हुन्छ होला।’

‘हामीले पर्यटकलगायत स्थानीय मानिसलाई पूर्ण रुपमा रोक लगाएको छौं,’ उनले भने, ‘बाँदर र कुकुरलाई खाना खुवाउन आउनेहरुलाई भने खुल्ला गरेका छौं।’ जनवारप्रति माया गर्ने दानीहरुलाई कुनै पनि रोकटोक नगरिएको उनले बताए।

स्वयम्भू नजिकै बस्दै आएका लाक्पा शेर्पाले दिनकै स्वयम्भु आइ बादर र कुकुरहरुलाई केरा र हड्डीको सुप दिने गरेको बताए। उनले थपे, ‘हामी मानिस त भोक लागे मागेर पनि खाना सक्छौं तर यी जानवारहरुले कसरी मागोस्। त्यही भएर म दिनकै यहाँ आउने गर्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *