प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

डिसी नेपाल
२५ वैशाख २०७८ १०:४६
264
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्। १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक बैठक बस्ने सूचना सबै मन्त्रीहरुलाई पठाइएको छ। तर बैठकका एजेण्डा भने नखुलाइएको एक मन्त्रीले डिसी नेपाललाई जानकारी दिए।

‘५ बजे बस्ने गरी आमस्मिक मन्त्रिपरिषद बैठक बोलाइएको सूचना आएको छ,’ एक मन्त्रीले डिसी नेपालसँग भने, ‘बैठकको एजेण्डा केही पनि खुलाइएको छैन।’

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत दिँदैछन्। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, माओवादी केन्द्रले विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।

उता आफ्नै पार्टीभित्रको माधव नेपाल समूहले पनि विश्वासको मत दिने नदिने विषयमा निर्णय गरिसकेको छैन। यस्तो बेलामा प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *