प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ, सल्लाहाकार र स्वकीय सचिव संक्रमित

डिसी नेपाल
२५ वैशाख २०७८ १९:१५
136
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। शुक्रबार बालुवाटारमै उनको पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरिएको थियो। बालुवाटार स्रोतका अनुसार शनिबार प्राप्त पीसीआर रिपोर्टमा प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएको हो।

तर, प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापा र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिब इन्द्र भण्डारीको रिपोर्ट भने पोजेटिभ आएको छ। थापा र भण्डारी यसअघि पनि संक्रमित भएका थिए।

संसदको अधिवेशन शुरु हुने भएपछि प्रधानमन्त्री लगायतका बालुवाटार कर्मंचारीहरुको कोरोना परीक्षण गरिएको थियो। त्यसो त केही मन्त्रीहरु पनि संक्रमित भएका थिए। ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पर्यटनमन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री मणिचन्द्र थापा र महिला, बालबालिका तथा ज्यष्ठ नागरिकमन्त्री जुली कुमारी महतो संक्रमित पुष्टि भइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *