यस्तो छ सोमबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची
काठमाडौं। संसद सचिवालय सोमबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची आइतबार बेलुका सार्वजनिक गरेको छ। सचिवलायले सार्वजनिक गरेको कार्यसूची अनुसार सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रपति विद्यादेवी भणडारीले संसद अधिवेशन आह्वान गर्न लेखेको पत्र पढेर सुनाउने तथा सभामुख अग्नि सापकोटाले बैठकको अध्यक्षता गर्ने सांसदहरुको मनोनय गर्नेछन्।
सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतको प्रस्ताव राख्ने छन्। यसका लागि प्रतिनिधिसभाको सोमबार नै दोस्रो बैठक बस्ने संसद सचिवालय स्रोतले जनायो। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजका लागि राष्ट्रपति भण्डारीले विशेष अधिवेशनको आह्वान गरेकी थिइन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment