विश्वासको मत मागेकै दिन प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौं। प्रतिनिधिसभामा आफ्नो पक्षमा बहुमत सदस्यको विश्वास भएको सिद्ध गर्नको लागि प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेश गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज बेलुकी ५ बजेको लागि बोलाइएको छ ।
यो मन्त्रिपरिषदको नियमित बैठक हो । तर, प्रतिनिधिसभामा विश्वासको मत मागेकै दिन बैठक बोलाइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पाउने सम्भावना न्यून देखिएको छ । यस्तो अवस्थामा बोलाइएको बैठकमा कुनै अनपेक्षित निर्णय हुन सक्ने आशंका गरिएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment