चीनबाट आए ४०० अक्सिजन सिलिन्डर

डिसी नेपाल
२८ वैशाख २०७८ १६:३६
324
Shares

काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनबाट ४ सय अक्सिजन सिलिन्डर नेपाल आइपुगेका छन्। नेपाल एअरलाइन्सको विमान चिनियाँ सिलिन्डर बोकेर काठमाडौं आइपुगेको हो। नेपाल एअर लाइन्सको वाइड बडी विमान सोमबार सिलिन्डर लिन बेइजिङका लागि प्रस्थान गरेको थियो।

चीनबाट ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर ल्याइएको हो। नेपालमा अक्सिजन अभाव नभएको तर सिलिन्डर अभाव भएको भनिएको छ। तर, अस्पतालहरुले धमाधम अक्सिजन अभाव भन्दै सेवा बन्द गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *