समयसीमा भित्रै बहुमत पुर्‍याएर सरकार बनाउने दावी पेश गर्छाैः काँग्रेस

डिसी नेपाल
२८ वैशाख २०७८ १७:२१
108
Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा भित्रै सरकार बनाउन दावी पेश गर्ने भएको छ। मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकले आगामी बिहीबार राति ९ बजेको समयसीमा भित्रै सरकार बनाउनका लागि दावी पेश गर्ने निष्कर्ष निकालेको हो।

बैठकपछि जानकारी दिँदै सहमहामन्त्री डा. प्रकाशसरण महतले जसपाको एक समूहले समर्थन गरिसकेको र अर्को समूहले समर्थन गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘जसपा पनि हाम्रो समर्थन आउँछ। माओवादी आइसकेको छ। एमालेमा पनि विवाद छ। माधव नेपालहरुसँग पनि छलफल गर्छौ।’

उनले संख्या पुर्याउने धेरै बाटोहरु रहेको उनले बताएका छन्। तर, त्यो कुन बाटो हो भन्ने विषयमा भने उनले केही खुलाएनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *