नगरपालिका संघले भन्योः कोरोना नियन्त्रणमा स्थानीय तहलाई भूमिका दिनुपर्छ

डिसी नेपाल
२८ वैशाख २०७८ १९:५४

काठमाडौं । कोरोनाका कारण देशभरको अवस्था भयावह बन्दै गएपछि नेपाल नगरपालिका संघले कोरोना नियन्त्रणमा स्थानीय तहलाई भूमिका दिनका लागि संघीय सरकारलाई ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष अशोक व्याञ्जुले जोखिम बढेपछि त्यसको जिम्मेवारी स्थानीय निकायलाई दिन स्वास्थ्य मन्त्रालयलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । सम्पूर्ण स्थानिय सरकारहरुलाई स्वास्थ्य संकटकाल घोषणा गरी स्वास्थ्य सेवालाई प्रथम प्रथमिकतामा राख्ने अधिकार दिन सरकारलाई संघले सुझाएको छ ।

संघीय सरकारमा केन्द्रिकृत मानसिकता रहेको भन्दै संक्रमण रोकथाममा स्थानिय र प्रदेश सरकारबीच सहकारीता र समन्वय गरी बाँडफँड गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । यस्तै, सम्पूर्ण स्थानिय तहहरुमा खोपको व्यावस्था सुनिश्चित गर्न र स्वास्थ्य मन्त्रालय अन्र्तगत विनियोजित रकम स्थानिय तहलाई खर्च गर्न दिन तथा कोरोना बिमाको व्यावस्था मिलाउन पनि संघले ध्यानाकर्षण गराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *