रेम्डेसिभर किन्न यी नम्बरमा सम्पर्क गर्न सकिन्छ, मूल्य पनि तोकियो
काठमाडौं। सरकारले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने उपयोगी औषधि रेम्डेसिभर विक्रेताको नम्बर जारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै निजी क्षेत्रबाट ल्याइएको रेम्डेसिभर औषधिको विक्री गर्ने निजी सप्लायर्सको नाम र नम्बर सार्वजनिक गरेको हो।
मन्त्रालयका अनुसार अस्पतालको सिफारिशमा निजी सप्लायर्स आयन हेल्थ केयर प्रालि कुपण्डोल ललितपुरका डा. अबुल अन्सारी ९८००५५५९१०, सुवास ९८१०१९४४१६, विमल ९८४१५०६३७०, कमल ९८५११२४६३९ मा सम्पर्क गरेर सो औषधि किन्न सकिने बताएको छ। साथै मन्त्रालयले औषधिको मूल्यसमेत तोकिदिएको छ। मन्त्रालयका अनुसार प्रतिभाइल ४९०० मूल्य तोकिएको छ।
आयन हेल्थ केयरले मंगलबार बंगलादेशबाट २२ हजार भाइल रेम्डेसिभर औषधि ल्याएको थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment