कर्णाली प्रदेशमा मन्त्रिपरिषद तेस्रो पटक विस्तार, दुईजनाको विदाइ, तीनजना थपिए
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन्। संसदमा फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका नेकपा एमाले माधव पक्षका तीनजना सांसद नन्दसिङ बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई बैशाख ३ गते पहिलो पटक मन्त्री पदमा नियुक्त गरेका मुख्यमन्त्री शाहीले दोस्रो पटक एमाले संसदीय दलले उनिहरुलाई सांसद पद नरहने गरी कारबाही गरेपछि बैशाख १४ गते पुनः नियुक्त गरेका थिए।
कर्णाली प्रदेश सरकारको बुधवार बसेको मन्त्री परिषदको बैठकले प्रदेश सरकार कार्यविभाजन निवमावली २०७४ को अनुसूची १ र २ मा हेरफेर गर्ने निर्णय गरेसँगै कर्णालीमा तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरिएको छ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पार्टीको निर्देशनमा मुख्यमन्त्री महेन्द्र बहादुर शाही समक्ष बुधवार राजिनामा दिएका थिए। उनीहरुको राजिनामा मुख्यमन्त्री शाहीले बुधवार नै स्वीकृत गरिसकेका छन्।
तेस्रो पटकको मन्त्रिपरिषद विस्तारमा सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयलाई टुक्र्याएर नयाँ मन्त्रालय थापिएको छ। नयाँ मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रका ३ नयाँ अनुहार समावेश भएका छन्।
नयाँ नियुक्त भएका मन्त्रीहरुमा विन्दमान विष्ट, मन्त्री – आन्तरिक मामिला, कानुन, यूवा तथा खेलकुद मन्त्रालय, सीता कुमारी नेपाली, मन्त्री – जलस्रोत तथा उर्जा विकास मन्त्रालय गोपाल शर्मा, मन्त्री – आर्थिक मामिला तथा योजना मन्त्रालय रहेका छन्। यो भन्दा अगाडि कर्णाली प्रदेशमा मुख्यमन्त्री सहित ७ वटा मन्त्रालय रहेको कर्णाली प्रदेशमा अब ८ वटा मन्त्रालय रहने भएका छन्। नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम विहीबा विहान ११ बजे तय गरिएको कर्णाली प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment