एनएमबि बैंकको ऋणपत्रमा आवेदन खुला

डिसी नेपाल
२ जेठ २०७८ १०:१५
96
Shares

काठमाडौं। एनएमबि बैंकले आज (आइतबार) देखि १० वर्षे अवधिको २ अर्ब बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि ऋणपत्र ८.५–२०८७÷८८’ नामको ऋणपत्र बिक्री गर्न लागेको हो।

इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

बैंकले प्रतिकित्ता १ हजार दरको कुल २० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्न र ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने जनाएको छ। जसमा ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ६० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

बैंकले बिक्री गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ। यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.