बैंकिङ कारोबार घरबाटै गर्न बैंकर्स संघको अनुरोध
काठमाडौं। वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले बैंकिङ कारोबार घरबाटै गर्न अनुरोध गरेको छ। कोभिड – १९ को दोस्रो लहर बढेको अवस्थालाई मध्येनजर राख्दै संघले आइतवार एक विज्ञप्ति जारी गरी बैंकिङ कारोबार घरबाटै गर्न आग्रह गरेको हो ।
यस्तै संघले मोबाइल तथा इन्टरनेट बैंकिङ्ग मार्फत एक खाता बाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरु लगायतका कार्यहरु गर्न सकिने समेत स्मरण गराएको छ ।
एक खाता बाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरु लगायतका कार्यहरु अनलाइनबाट गर्ने र सामान खरिद गर्दाका वखत समेत उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्युआर मार्फत भुक्तानी गरी सकेसम्म नगद कारोवार कम गर्नु संघले अनुरोध गरेको छ।
त्यति संघले ग्राहकहरुको सहजताको निमित्त यस निषेधाज्ञा अवधिभर मुद्दती खाता नविकरण समेत सम्बन्धित बैंकलाई इमेल मार्फत अनुरोध गर्न सकिने संघले जनाएको छ।
बैंकिङ्ग कारोवार वा बैंकसंग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भएको खण्डमा बैंकको वेबसाइटमा सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा कल सेन्टर सेवा समेत उपलब्ध भएको संघले जनाएको छ।







डिसी नेपाल







Facebook Comment