बजेट अध्यादेशबाट आउँछ ? प्रधानमन्त्री ओलीले दिए यस्तो जवाफ
काठमाडौं। आगामी आर्थिक वर्षका लागि वार्षिक बजेट पेश गर्न अब १३ दिन बाँकी छ। जेठ १५ मा प्रतिनिधिसभामा बजेट पेश गर्नुपर्ने भए पनि सरकारले हालसम्म संसद बजेटको अधिवेशनसमेत बोलाएको छैन। जसले गर्दा बजेट कुन प्रक्रियाबाट आउँछ भन्ने चासो बढेको छ।
यसरी चासो बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाबट बजेट आउने वा नआउने कुने निर्णय नभएको बताएका छन्। आइतबार एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगको वार्तापछि बाहिरिनेक्रममा सिंहदरबारमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिनेक्रममा उनले ‘अहिले संसद जवीवितै रहेको’ बताए।
उनले अध्यादेशबाट बजेट ल्याउने विषयमा छलफल पनि नभएको बताए। सञ्चारकर्मीहरुसँगको छोटो प्रतिक्रियामा उनले कुनै ठोस जवाफ भने दिएनन्।
राजनीतिक खिचातानी नभएको भए यति बेला संसदको अधिवेशन जारी हुनुपथ्र्यो। र संसदमा प्रि बजेट छलफल भएको हुनुपर्ने थियो। बजेट संसदमा पेश गर्नुअघि राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम पनि पेश गर्नुपर्ने हुन्छ। र सो नीति तथा कार्यक्रम पारित भएपछि बजेट सार्वजनिक गरिन्छ।
तर, यो पटक कसरी प्रक्रिया अगाडि बढ्छ भन्ने अन्यौल छ। खास गरी अहिले देशमा एमालेको अल्मतको सरकार छ। अल्मतको सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएन भने के हुन्छ ? त्यो पनि अन्यौल छ।







डिसी नेपाल







Facebook Comment