सङ्क्रमित पत्रकारलाई घरमै सेवा
इनरुवा । नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोनाबाट सङ्क्रमित भएका सञ्चारकर्मीलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । दोस्रो चरणको कोरोना फैलिएपछि जिल्लामा झण्डै एक दर्जन सञ्चारकर्मी सङ्क्रमित भएका छन् । होम आइसुलेशनमा बसेका सञ्चारकर्मीलाई घरमा गएर स्वास्थ्य सेवा दिन थालिएको अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
कोरोनाबाट सङ्क्रमित सञ्चारकर्मीलाई घरमै गएर डाक्टर, नर्ससहितको निःशुल्क स्वास्थ्य सेवा दिन थालिएको छ । सङ्क्रमित सञ्चारकर्मीलाई घरमै गएर परामर्श दिने र आवश्यक औषधोपचार गर्ने गरी डा अमितकुमार खतिवडा र स्टाफ नर्स किरण चौधरीसँग प्रेस युनियनबीच सहमित भएको अध्यक्ष अधिकारीले बताए ।
घरमै गएर सेवा प्रवाह गर्दा सङ्क्रमित सञ्चारकर्मीलाई हौसला प्रदान हुनुका साथै सङ्क्रमण मुक्त हुनका लागि सहज हुने अधिकारीको भनाइ रहेको छ । युनियनले यसअघि गत वर्ष सुनसरीका २६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरिएको थियो । बीमा गरिएकामध्ये ३० जनालाई जनही एक लाखका दरले रकम समेत पाइसकेको अधिकारीले बताए ।







डिसी नेपाल








Facebook Comment