बेनी-जोमसोम सडकखण्डमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक

डिसी नेपाल
२० साउन २०८३ ७:०१

गण्डकी, २० साउन। म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र बुधबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि सम्भावित विपद्को जोखिमलाई दृष्टिगत गर्दै जिल्ला सुरक्षा समितिले रातको समयमा यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

कालीगण्डकी करिडोरअन्तर्गत पर्ने यो सडकखण्ड भएर प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथका साथै उत्तरी कोरला नाकासम्म यात्रु तथा पर्यटकहरू आवतजावत गर्ने गर्दछन्।

प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार वर्षाका कारण आउन सक्ने बाढी, पहिरो तथा कटानजस्ता जोखिमबाट यात्रुको सुरक्षा सुनिश्चित गर्न बिहीबार बिहान ५:०० बजेसम्मका लागि रातको समयमा यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *