अक्सिजन सिलिण्डर लिएर एउटा जहाज आउँदै, एउटा जाँदै
काठमाण्डौं। कोरोना महामारीमा अक्सिजनको कमी हुन थालेसँगै चीनबाट ल्याउन लागिएका अक्सिजन सिलिण्डर लिन नेपाल वायु सेवा निगमको जहाज आज पनि चीन जाँदै छ।
निगमले दिएको जानकारी अनुसार यस्तै जहाज अर्को खेप सिलिन्डर लिन सोमबार राति फेरि बेइजिङको लागि उड्ने छ।
अक्सिजन सिलिण्डर लिन आइतबार चीन गएको नेपाल वायुसेवा निगमको जहाज आज नेपाल आउँदैछ। उक्त जहाज साढे चार सय थान अक्सिन सिलिन्डर लिएर दिउँसो दुई बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ।
निगमको जहाजले यसअघि दुई पटक गरेर झण्डै एक हजार सिलिन्डर ल्याइसकेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment