स्वास्थ्य सामग्रीको भन्सार जाँचपास छिटोछरितो बनाउन अर्थमन्त्रीको निर्देशन
काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड– १९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन्।
भर्चुअल माध्यमबाट सोमवार आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, उपमहानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन्।
उनले एकातिर कोभिड– १९ बाट जोगिनु पर्ने र अर्कातिर प्रभावकारी रुपमा कार्य सम्पादन गर्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न कर्मचारीहरुलाई आग्रह गरे।
अर्थमन्त्री पौडेलले कोभिड–१९ को उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रुपमा जानकारी गराउन पनि निर्देशन दिए।







डिसी नेपाल







Facebook Comment