नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सले ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। सुरक्षित जीवन बीमा योजनाको सफलता पश्चात् कम्पनीले अझ परिस्कृत रुपमा नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसार नौलो सुरक्षित जीवन बीमा योजना ल्याएको जनाएको छ।
यस बीमा योजना अन्तर्गगत बीमितले बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनस’ बीमा अवधि समाप्तिमा एकमुष्ट प्रदान गर्नेछ ।
त्यसैगरी, बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा ‘बीमाङ्क रकम र आर्जित बोनश’ एकमुष्ट प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ ।
यदि दुर्घटना मृत्यु लाभ सुविधा थप लिएको छ भने चालु बीमालेख अन्तर्गत बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम, दुर्घटना मृत्यु लाभ सुविधा वापतको बीमाङ्क रकम र आर्जित बोनश रकम’ एकमुष्ट भुक्तानी पाइनेछ।
यो बीमा योजनामा १८ देखि ७० वर्ष सम्मको कुनै पनि स्वस्थ व्यक्तिले बीमाको लाभ लिन सक्ने छन्। नौलो सुरक्षित जीवन बीमा योजनामा आम्दानीको आधारमा अधिकतम बीमाङ्क छनोट गर्न सकिने कम्पनीले जनाएको छ।
नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने सुविधा छ। हाल नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था छ।







डिसी नेपाल







Facebook Comment