बन्द भए पनि त्रिभुवन विमानस्थलबाट आज हुँदै छन १४ अन्तर्राष्ट्रिय उडान

डिसी नेपाल
४ जेठ २०७८ ११:३१
1.1k
Shares

काठमाडौं। कोरोना भाइरस महामारीको संक्रमण तीव्र बनेसँगै सरकारले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान बन्द गरेको छ। तर, यही बीचमा अत्याआवश्यक स्वास्थ्य सामग्री ल्याउने अन्तर्राष्ट्रिय उडान भने भइरहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार (आज) मात्रै १४ वटा अन्तर्राष्ट्रिय उडान हुँदै छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यलयले दिएको जानकारी अनुसार मंगलबार नेपाल एयरलाइन्सका ३ चार्टर बिमानले साउदी अरेबिया, दमाम र चिनको बेइजिङका लागी उडान अनुमती लिएका छन्।

नेपाल एयरलाइन्सको चार्टर कार्गो बिमान मध्यान्ह बेइजिङबाट काठमाडौं आउँदै छ। हिमालय एयरलाइन्सको एक कार्गो बिमान चिनको कुन्मिङबाट विहान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। यस्तै रसियन एयरलाइन्सको चार्टर विमानले मस्कोबाट काठमाडौं आउने अनुमती पाएको छ भने हिमालय एयरलाइन्सका अरु ५ चार्टर बिमानले मंगलबार उडान भर्ने अनुमती पाएको विमानस्थल कार्यलयका महाप्रबन्धक प्रताप बाबु तिवारीले जानकारी दिए।

यस्तै उनले सरकारले चीन र कतार दुई देशमा साताको १ , १ उडान खुला गर्ने गरी गरेको निर्णय आफूसम्म नपुगेकोले कहिले र कसरी सञ्चालन गर्ने भन्ने कुरा टुंगो नलागेको बताए। सरकारले सोमबार मात्रै कतार र गोन्जाउका लागि हप्तामा एक, एक उडान खोल्ने गरी निर्णय गरेको थियो।

यसअघि सरकारले भारतबाहेक सबै देशमा जेठ १७ सम्मका लागि उडान बन्द गराएको छ। भारतमा भने यसबीच पनि एयर ट्राभल बबल सम्झौतामार्फत हप्तामा दुई उडान भइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.