सेयर बजारमा दिन प्रतिदिन नयाँ किर्तीमान, परिसूचक र कारोबार रकम हालसम्मकै उच्च

डिसी नेपाल
४ जेठ २०७८ १५:४२
28
Shares

काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेले नयाँ किर्तीमान कायम गरेको छ। मंगलबार नेप्से ३४ दशमलव ६८ अंक बढेर २७ सय ९३ दशमलव ९० अंकमा बन्द भएको छ। यो सँगै नेप्से २८ सय अंक नजिक पुगेको छ।

यो हालसम्मकै नेप्से इतिहासको सबैभन्दा उच्चतम विन्दु हो। यसअघि आइतबार र सोमबार पनि लगातार बढेको नेप्सेले एक पछि अर्को किर्तीमान कायम गरेको थियो।

यस्तै मंगलबार कारोबार रकमले पनि नयाँ किर्तीमान कायम गरेको छ। यस दिन एकै दिनमा ११ अर्ब ३२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। एकै दिन कारोबार भएको यो रकम अहिलेसम्मकै उच्च हो। यस दिन २ सय १५ कम्पनीका २ करोड ३१ लख ३१ ह्जार ६ सय १५ कित्ता सेयर खरिद बिक्री हुँदा उक्त रकमको कारोबारो भएको हो।

यस दिन उत्पादनबाहेकका सबै समूहमा हरियाली छाएको छ। सो समूह ५ अंकले घटेको छ। आज बैंकिङ ४, ब्यापार ७६, होटल तथा पर्यटन २००, विकास बैंक १००, जलविद्युत ९६, फाइनान्स ८०, निर्जीवन बीमा कम्पनी ८१, अन्य १६, माइक्रोफाइनान्स ८५ र जीवन बीमा कम्पनी २ सय ५ अंकले बढेका छन्।

समता माइक्रोफाइनान्स, ओरेन्टल होटल, बेष्ट फाइनान्स, सोल्टी होटल, हिमाल दोलखा हाइड्रोपावर, विशाल बजार कम्पनी, घलेम्दी हाइड्रोपावर, शिवश्री हाइड्रोको मूल्य १० प्रतिशतले बढेको छ।

नेपाल टेलिकमको मूल्य सबैभन्दा धेरै १ प्रतिशतले घटेको छ। त्यस्तै माथिल्लो तामाकोसीको मूल्य पनि १ प्रतिशतले नै घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.